सेवाकालिन तालिमको भत्ता बाढी, पहिरो पीडितलाई

अछाम । निजामती सेवाका कर्मचारीहरूकाे सेवाकालिन तालिमकाे भत्ता अछामकाे बाढी पहिराे पीडितलाइ सहयाेग गरेका छन्र । तालिमममा सहभागी भएका सहायकस्तरका ४५ जनाले आर्थिक संकलन गरेर अछाम प्रमुख जिल्ला अधिकारीलाइ हस्तान्तरणा गरेका छन् ।

संकलन भएको ३५ हजार १५ रुपैयाँ जिल्ला विपद् व्यवस्थापन कोष जम्मा हुनेगरि  अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेलाई हस्तान्तरण गरिएको ढकारी गाउँपालिकामा कार्यरत आलेप जनक  प्रसाद  उपाध्यायले जानकारी दिनुभयाे ।

संघ प्रदेश र स्थानीय तहका सहायक स्तरका ४५ जना निजामती कर्मचारीहरु सेवाकालिन तालिम भाद्र महिनाको १० गते देखि ३५ दिनसम्म सम्म डोटीको पुन्नामा भएकाे थियाे । उक्त रकम तुर्माखाँद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिका गरी ३ वटा पालिकाका बाढीपीडितलाई सहयोग गरिने बताइएकाे छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page