व्याकुल माइलालाई मासिक ५० हजार सरकारले दिने

अछाम । राष्ट्रिय गानका रचनाकार प्रदीपकुमार राई (व्याकुल माइला) लाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ। 

मन्त्रिपरिषद्को निर्णयले यसअघि मासिक २५ हजार रुपैयाँ दिँदै आएकोमा अब मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयाे । 

आइतवार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै उनले सरकारले संस्कतिविद् एवम् शताब्दी पुरुष सत्यमोहन जोशीको नियमित स्वास्थ्य हेरचाहका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक जना नर्स उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएकाे छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page