मन्त्रीकी श्रीमती विरूद्द अख्तियारद्वारा अदालतमा मुद्दा दर्ता

धनगढी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री दीर्घबहादुर सोडारीकी श्रीमतीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शुक्रबार मन्त्री सोडारीकी श्रीमती गिता सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षकको जागिर खाएको अभियोगमा आयोगले शुक्रबार गिताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कैलालीको धनगढी उपमहानगरपालिकास्थित शिव माविमा गिताले राहत शिक्षकका रुपमा काम गरेकी थिइन्। बोर्ड अफ सेकेन्डरी इजुकेशन, दिल्लीबाट १० कक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सोडारीले जागिर खाएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो। उनले नेपाल सरकारलाई नोक्सानी पुर्‍याउने वदनियत राखेर भ्रष्टाचारजन्य कसुर गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको आयोगले जनाएको छ। दिनेशखबरबाट साभार

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page