खाद्यको चामलको मूल्य घट्योः सुपथ पसलले सहजता

अछाम । दशै र तिहारका लागि मंगलसेनस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलमा सहुलियत मूल्यमा प्रदान गरिने भएको छ । सुपथ मूल्यको पसल स्थापना गरेर आज आइतबारदेखि आउँदो माघ २ गतेसम्म चामलमा छुट दिन थालिएको हो ।

अरुवा मोटो, अरुण सोना मन्सुली र स्टिम जिरा मसिनो चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट प्रदान भइरहेको छ । अरुवा मोटो चामलको प्रतिकिलो ६४ रहेकोमा ५९ रुपैया, स्टिम जिरा मसिनो चामलको प्रतिकिलो ९६ रहेकोमा ९५ र अरुण सोना मन्सुली चालमको प्रतिकिलो ६५ रहेकोमा ६० रुपैयामा पाइन थालेको छ । सहुलियत चामल लिनका लागि व्यक्तिले नागरिकता वा पहिचान खुल्ने अन्य कुनै सरकारी परिचयपत्र ल्याउनुपर्ने कम्पनीका प्रमुख सरोज कुमार महतोले जानकारी दिनुभयो

सहुलियत पसलको अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्सालले एक कार्यक्रमका बीचमा आज आइतबार उद्घाटन गर्नुभएको छ । बजारमा महंगो चामल खरिद गर्न नसक्ने व्यक्तिहरुलाई सुपथ पसलले सहजता दिने बताइएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page