अछामका सरकारी कर्मचारीको एक दिनको तलब प्रकोप पीडितलाई

मंगलसेन । अछाममा कार्यरत सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुले एक दिनको तलब विपद् व्यवस्थापनमा सहयोग गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालय अछाममा बुधबार कार्यालय प्रमुखहरुको बैठकले यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी बाहेक अछाममा कार्यरत कर्मचारीहरुले न्यूनतम तलब स्केलको एक दिन बराबरको तलब जिल्ला विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने भएका हुन् । उक्त रकम भदौ ३१ गते राती पहिरोबाट पीडितलाई हस्तान्तरण गरिने रिजालको भनाइ छ ।

भदौ ३१ गते राती पहिरोले अछामका कमलबजार, तुर्माखाँद र ढकारी गरेर २२ जनाको मृत्यु र एक जना वेपत्ता भएका छन् ।

हरेक महिनाको ५ गते अछाम जिल्लामा रहेका सरकारी कार्यालयमा कार्यरत प्रमुखहरूकाे बैठक बसेर विविध विषयमा छलफल गरिने परम्परा छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page