अछामका दुइ स्थानमा निर्वाचन अधिकृतकाे कार्यालय रहने

मंगलसेन । आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि अछामका दुई स्थानमा निर्वाचन अधिकृतको कार्यालय रहने निर्वाचन आयोगले सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको अछामका सदरमुकाम मंगलसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ । यस्तै क्षेत्र नंं १ को निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा रहने बताइएको छ । यसअघि मुख्य निर्वाचन अधिकृतको कार्यालय मंगलसेनमै रहँदै आएको थियो । 

मुख्य निर्वाचन अधिकृतको जिम्मा जिल्ला न्यायाधीसलाई दिने गरि आयोगले छलफलसँगै विवरण संकलन गरिरहेको खबरहरु सार्वजनिक भइरहेका छन् । यस अघिका निर्वाचनमा मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी जिल्ला न्यायाधीसलाइ दिइदै आएको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page