डेंगु बढ्दै, हालसम्म १३ जनाको मृत्यु

अछाम । नेपालका विभिन्न स्थानमा पछिल्लो केही समयमा डेंगुको प्रकोप बढ्दै गएको पाइएको छ। डेंगुको सङ्क्रमणबाट नेपालमा अहिलेसम्म १३ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म ७५ जिल्लाबाट १५ हजार ४२३ जनामा डेंगु संक्रमणको पुष्टि भएको छ।

डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ८३५ जनामा भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। लुम्बिनी प्रदेशमा मा एक हजार ९९४ जना, प्रदेश १ मा ४५० जना, सुदूरपश्चिममा ४२० जना, गण्डकीमा ३०४ जना, मधेश प्रदेशमा २३४ र कर्णाली प्रदेशमा १८६ जनामा डेंगु पुष्टि भएको बताइएको छ।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page