राप्रपाद्वारा संसदीय समिति गठन

काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ। 

आसन्न निर्वाचनमा देशका सबै जिल्लाबाट सिफारिस भएर आउने उम्मेदवारको नाम छनोट गर्न उक्त समिति गठन गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। अधिकांश जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आउनेक्रम जारी छ।

पार्टीका नेता तथा कार्यकर्ताले सांगठनिक निर्माणमा गरेको योगदान, सामाजिक कार्यमा रहेको क्रियाशीलता र व्यक्तिको लोकप्रियताका आधारमा उम्मेदवारको छनोट गरिने सो पार्टीले जनाएको छ। यसअघि अध्यक्ष लिङ्देनको अध्यक्षतामा निर्वाचन परिचालन कमिटीसमेत गठन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page