सांसदलाइ भोज खुवाएर बिदाइ गरिने

२०७४ सालको प्रतिनिधि सभामा निर्वाचित सांसदको ५ वर्षे कार्यकाल असोज २ गते सकिने भएपछि सभामुखले भोज खुवाएर बिदाइ गर्नै तयारी गरिदैछ ।
असोज २ गते आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्द सूची पेश भएसँगै २०७४ सालमा निर्वाचित सांसदको कार्यकाल सकिन लागेको हो ।
असोज १ गते प्रतिनिधि सभाको यो कार्यकालको अन्तिम बैठक बस्ने र सांसदलाई बिदाइ गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।