दार्चुला बाढीमा पाँचको मृत्यु पुष्टि, सात जना अझै वेपत्ता

मंगलसेन । बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको पुष्टि भएकाे छ । साेही बाढीमा परेर सात जना वेपत्ता रहेकाे स्थानीय प्रशासनले जानकारी दिएको छ ।

बाढी पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र महाकाली–३ का ३५ वर्षीया मानमती कार्की रहनुभएको छ । यस्तै नौगाड गाउँपालिका–१ की ३५ वर्षीया जानकी ठगुन्ना र १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड–२ का ४५ वर्षीय मोहनराम पार्की रहेका छन्। 

पहिरोमा परी नौगाड–४ का रामसिँह ठगुन्ना, विरा ठगुन्ना, फागुली ठगुन्ना र जयवहादुर ठगुन्ना घाइते भएका छन्। उनीहरूलाई सुर्खेतबाट आएको नेपाली सेनाको  हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै धनगढी लगिएको सहायक प्रजिअ हेमन्ती साँउदले जानकारी दिए। 

यस्तै बाढी पहिरोमा बेपत्ताको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले गरिरहेका छन्। बाढीका कारण ठूलो क्षतिका कारण स्थानीयमा शाेक रहेकाे स्थानीय पत्रकार नरेन्द्र कार्कीले जानकारी दिनुभयाे । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page