अछामका आशिष महर भ्वाइस अफ नेपालमा

मंगलसेन । अछामका आशिष महर ‘भ्वाईस अफ नेपाल सिजन-४’ मा पुगेका छन् । मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर डिजिटल अडिसन पार गरेर ब्लाइण्ड अडिसन दिन काठमाण्डौँ पुगेका छन् ।

प्रतियोगितामा महरले रामचन्द्र काफ्लेको स्वरमा रहेको सुदूरपश्चिमको भाका ‘हिमाल हिंउ पडिगयो’ बोलको गीत गाएर चारै जना कोचलाई फर्काउन सफल भएका छन् । उनले मेन्टरको रूपमा टीम प्रमोदलाई छनोट गरेका छन् । डिजिटल अडिसनमा सफल भएपछि उनलाई भेट्न ‘भ्वाईस अफ नेपाल’ को टीम अछामको मेल्लेख आएकाे थियो ।

सिजन-४ को पहिलो श्रृंखलामा चारै जना कोचका कुर्सी घुमाउने उनि पहिलो र एक मात्र सहभागी हुन् । उनको प्रस्तुती देखेर चारै जना कोच पनि प्रभावित भएका थिए । ब्लाइण्डमा सफल भएका महरले अब ब्याटलमा प्रतिष्पर्धा गर्नुपर्नेछ ।

Mangalsen Ward
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page