तुर्माखाँद गाउँपालिका उपाध्यक्ष शाही जनप्रतिनिधिको आइकनमा छनौट, २७ जनाबाट तीन जना विजेता छानिने
अछाम । देशभरका महिला जनप्रतिनिधिहरुको आइकन प्रतियोगितामा अछामको तुर्माखाँद गाउँपालिका उपाध्यक्ष बिमला कुमारी शाही २७ जनामा पहिलो नम्बरमा पर्नुभएको छ । ‘शी लिड्स’ नामका आइकनमा देशभरका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरुसहित २७ जना महिला जनप्रतिनिधिहरुमा शाही पहिलो नम्बरमा पर्नुभएको हो ।
छनौटमा परेका २७ जनालाई २० दिनसम्म हुने डिजिटल मतदानको आधारमा तीन जनालाई विजेता घोषणा गरिने आयोजक संस्था कल्पले जानकारी दिएको छ । २७ जनामा पहिलो नम्बरमा रहनुभएकी शाहीलाई विजेता बनाउनका लागि विभिन्न व्यक्तिहरु स्वस्फुर्त रुपमा सक्रिय बनेका छन् । उक्त आइकनको विजयी बनाउनका आफूलाई विद्युतीय मतदान गरिदिन गाउँपालिका उपाध्यक्ष शाहीले अनुरोध गर्नुभएको छ ।
गाउँपालिका उपाध्यक्षमा विजयी हुनुभएकी शाहीले गैसस महासंघ अछामको सचिवसँगै विभिन्न समाजिक क्षेत्रमा काम गरिसकेको अनुभव रहेको छ । सरल, शान्त रुपमा समन्वकारी भूमिकाले चिनिने उपाध्यक्ष शाहीलाई विजयी बनाउन सबैमा अनुरोध छ ।