एमाले अछामको बैठक: उम्मेदवारमा छलफल र सिफारिस गर्दै
मंगलसेन । नेकपा (एमाले) जिल्ला कमिटी अछामको बैठक शुरू भएको छ । प्रदेश र प्रतिनिधि क्षेत्रीय कमिटीले सिफारिस गरेका उम्मेदवारका बारेमा छलफल गरेर प्रदेश कमिटीलाई सिफारिस गर्ने भएको छ । यस्तै निर्वाचन परिचालन, सदस्ययताका सम्बन्धमा निर्णय हुने एमाले अछामले जानकारी दिएको छ । बैठकका लागि केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहरा, केन्द्रीय सदस्य तथा अछाम सह-इन्चार्ज यज्ञ बोगटी, प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य सहभागी छन् ! बैठक अछाम बहुमुखी क्याम्पसको हलमा शुरू भएको छ ।