पञ्चदेवल विनायक नगरपालिकाको नीति तथा बजेट दुइ महिनापछि

शिवराज ढु‌गाना, अछाम । संवैधानिक व्यवस्था भन्दा दुई महिना ढिलो गरेर पञ्चदेवल विनायक नगरपालिकाले नीति तथा बजेट ल्याएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको लागि ७५ करोड ८० लाख ९७ हजार २२३ रुपियाँको बजेट पारित गरेको हो । चालु आर्थिक वर्षमा नगरपालिकाले ८५ लाख ६७ हजार आन्तरिक आयको अनुमान बजेटमा गरिएको छ । प्रशासनिक, संघीय र प्रदेशको चालु र पुँजीगत खर्च, शशर्त, समपुरक, विशेष अनुदान र बाँकी रहेको रकममा बजेट खर्च हुने गरेर बजेट आएको छ । नगरकार्यपालिका, वडा, विषयगत शाखा, साझेदारी, सामाजिक सुरक्षा, गैरसरकारी संस्था र गरिबसँग विशेश्वर कार्यक्रममा बजेट खर्च हुनेछ ।
नगरपालिकाले सामाजिक विकासतर्फ स्वास्थ्य, शिक्षा, पोषण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, खानेपानी तथा सरसफाइ, धार्मिक तथा साँस्कृतिक नीतिहरु त्यार पारेको छ । यस्तै आर्थिक विकासमा कृषि, भूमिसुधार, पशुपालन, सहकारी, नीजि तथा गरिबी निवारण, लघु उद्यमका नीति निर्माण गरिएका नगरप्रमुख अम्बिका चलाउनेले बताउनुभयो । पूर्वाधार विकासमा सडक, सिचाइँ, विद्युत, वन, वातावरण, विपद्मा, संस्थागत विकास र सेवा प्रवाहमा क्षमता विकास र सार्वजनिक सेवा प्रवाह, सूचना र सञ्चार प्रविधि, राजश्व सुधारका नीति तय गरिएका छन् । नीति तथा बजेटको पारित भएसँगै नगरपालिकाको कममा तीव्रता आउने बताइएको छ ।
स्थानीय तहको निर्वाचन लगतै जेठको तेश्रो साता नगरपालिका–३ का १६ वर्षीय विनोद शाहीको हत्या आरोपमा नगरप्रमुख चलाउने विरुद्ध किटानी जाहेरी परेपछि नगरसभाले नीति तथा बजेट ल्याउन ढिलाइ भएको बताइएको छ ।

Mangalsen Ward
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page