Palika dasin suvakamana

अछाम क्षेत्र नम्बर १ को क र खमा काँग्रेसका ४३ जना सिफारिस

Palika dasin suvakamana

अछाम । आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिससभातर्फ दुई र चार प्रदेशका निर्वाचन क्षेत्रका लागि प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारका लागि पार्टीको क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको हो ।

अछाम क्षेत्र नम्बर १ को ‘क’ प्रदेशसभा निर्वाचनका लागि प्रतक्ष्यतर्फ पाँच र समानुपातिकमा १८ जनाको नाम सिफारिस गरिएको छ । प्रदेशसभा निर्वाचनका लागि प्रतक्ष्यतर्फ चक्रबहादुर कुँवर, टेकबहादुर कुँवर, भक्तबहादुर ठकुल्ला, मेघराज खड्का र राजन कुँवर रहनुभएको सभापति महेश खड्काले जानकारी दिनुभयो । यस्तै समानुपातिकतर्फ अर्जुन ताम्राकार, अप्सरा कुँवर, जयन्द्रबहादुर स्वार, टक्करबहादुर ताम्राकार, तुलाराम साउँद, ध्वजबहादुर कुँवर, नरबहादुर कुँवर सिफारिसमा पर्नुभएको छ । समानुपातिकमै नैनसिंह थलारी, पवित्रा कुँवर, बलबहादुर साउँद, भगवती खनाल, भुवनेश्वरी शर्मा, मिरा खड्का, माया कुँवर, रुपा आउजी, हर्षप्रसाद भट्ट, हिर्दयकुमारी रावल, क्षेत्रकुमारी कुँवरलाई सिफारिस गरिएको छ ।
अछाम क्षेत्र नम्बर १ को ‘ख’ प्रदेशसभाको प्रतक्ष्यतर्फ आठ जना र समानुपातिकातर्फ १२ जना सिफारिस हुनुभएको छ । प्रतक्ष्यतर्फ कालीबहादुर बुढा, दुर्गाप्रसाद तिमिल्सेना, पदमबहादुर खड्का, पदमबहादुर शाह, रेवन्त अधिकारी, राजेन्द्र खड्का, शेरबहादुर शाह, हर्कबहादुर स्वार सिफारिसमा पर्नुभएको छ । सोही प्रदेशको समानुतिकमा अनुराधा कुमारी स्वार (रावल) कनकबहादुर शाह, कमलप्रसाद खनाल, झंकरबहादुर साउँद, धर्मराज न्यौपाने, नवराज साउँद, पशुपति खड्का, बिमला कार्की (महर) मोतिसिंह सुनार, रेवन्ती ठकुल्ला (साउँद), लतादेवी खत्री, शिवे तिरुवा सिफारिसमा पर्नुभएको छ ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page