अछाम-२ को क र ख प्रदेशमा काँग्रेसका ३७ जना उम्मेद्वारमा सिफारिस
अछाम । आउँदो प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिससभातर्फ दुई र चार प्रदेशका निर्वाचन क्षेत्रका लागि प्रतक्ष्य र समानुपातिकतर्फका उम्मेदवारका लागि पार्टीको क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको हो ।
अछाम–२ को प्रदेशसभा ‘क’ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ आठजना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिसमा परेको छ । प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षमा पुष्पराज शर्मा, सुरतबहादुर विष्ट, वेदप्रकाश तिमिल्सैना, ओमप्रकाश विष्ट, मानबहादुर शाही, अनिल विष्ट, टंक धामी, ताराप्रसाद खनाल रहेका छन् । समानुपातिमा राधा आचार्य ढकाल, सुमित्रा पौडेल, लक्ष्मी तिमिल्सैना, बेलु साउँद, द्रोपता शाही, दिलबहादुर धामी, जनक रावल, रामबहादुर चलाउने (क्षेत्री), गणेशबहादुर शाही, लालबहादुर शाही, कृष्ण ढकाल, कमल विक रहेका छन् ।
यस्तै प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फ सातजना र समानुपातिकतर्फ १० जनाको नाम सिफारिसमा परेको छ । प्रदेशको प्रतक्ष्यतर्फ मानबहादुर रावल, पदमराज अधिकारी, दिनेशकुमार स्वार, धनबहादुर बुढा, टंक साउँद, हेमराज ढुंगाना सिफारिसमा परेका छन् । समानुपातिकमा अन्जु मल्ल, भुमिशरण ढकाल बजगाई, पुर्णा शाह, वसन्ती विष्ट, कृष्णा शाही, गौरी भण्डारी, लक्ष्मी बोगटी, टोपबहादुर रावल, गोविन्द सोव, मिलता अधिकारी, कृष्णा कुमारी बुढा, सरिता विक सिफारिसमा पर्नुभएको छ ।