अछामको विनायकमा युवक मृत फेलाः हत्या आशंका

विनायक । पञ्चदेवल विनायक नगरपालिका २ मा मंगलबार राती एक जना स्थानीय सडकमा मृत अवस्थामा भेटिएका छन् । मध्यपहाडी सडक खण्डको विनायक-गैरिटाडबीच सडकखण्ड अन्तर्गत विनायक नजिकै स्थानीय बमबहादुर धामीकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
विनायक निवासी अन्दाजी २५ बर्षका धामीकाे टाउकोमा चाेटपटक लागेकाले मृत्युकाे कारण अहिले नै भन्न नमिल्ने अछाम प्रहरीले जनाएको छ । मृतकका परिवारले बमको हत्या गरिएकाे आशंका गरेका छन् भने स्थानीयले घटनाको वास्तिवकता नहुँदासम्म शव उठाउन नदिएकाे बताइएकाे छ । 
मंगलबार राती करिब १० बजे घटना भएको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेकाे अछाम प्रहरीले जानकारी दिएकाे छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page