एमाले-राप्रपा तालमेल गर्न अन्तिम कसरतमा

काठमाडौं । आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग तालमेल गर्ने लगभग निश्चित भएको छ । कांग्रेस नेतृत्वको सत्तारुढ गठवन्धन विस्तारित बलियो बन्दै गएपछि दवावमा परेको एमालेले राप्रपालाई साथ लिन खोजेको हो ।
केही दिनअघि दुई पार्टीका अध्यक्षबीच नै भेटवार्ता भएको थियो । अहिले पार्टीका दोस्रो तहका नेताहरु पनि आपसी संवादमा छन् ।