एकीकृत समाजवादी अछामद्धारा उम्मेदवार सिफारिसः मन्त्री कुँवर र उपसिचव न्याैपाने प्रतिनिधिसभामा

शिवराज ढुंगाना
मंगलसेन । आउँदो निर्वाचनलाई लक्षित गरेर नेकपा (एकीकृत समाजवादी) द्धारा प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ । सदरमुकाम मंगलसेनमा आइतबार पार्टीको जिल्ला कमिटीको बैठकले दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरिएको पार्टीका जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र नं. १ बाट वर्तमान श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री शेरबहादुर कुँवरको एकल नाम सिफारिसमा गरेको छ । सोही पार्टीले क्षेत्र नं. २ मा पार्टीका जिल्ला उपसचिव नमराज न्यौपानेको नाम सिफारिस गर्ने निर्णय गरिएको छ ।
यस्तै प्रदेशको प्रतक्ष्य निर्वाचनका लागि अछाम–१ को ‘क’ प्रदेशमा कुलबहादुर कुँवर र हिक्मत कुँवरलाई सिफारिस गरिएको छ । कुलबहादुर समाजवादीका केन्द्रिय सदस्य तथा अछाम इन्चार्ज हुन् । ‘ख’ प्रदेशमा जिल्ला अध्यक्ष हिरण्ड भट्टराई र रत्ना तामाङ सिफारिसमा परेका छन् ।
अछाम–२ को प्रदृेशमा ‘क’ डलब चलाउने, दुर्गा बोहरा र दीपक विष्ट सिफारिसमा पर्नुभएको छ । यस्तै ‘ख’ प्रदेशमा केन्द्रिय सदस्य शंकर भण्डारी, जिल्ला सचिव नवराज साउँद र जिल्ला उपसचिव नयन सोडारी उम्मेदवारका लागि सिफारिस भएका छन् ।
प्रतिनिधिसभाको समानुपातिकतर्फ बिन्द्रा साउँद, बलबहादुर सोडारी, योगेन्द्र विष्ट र भक्त शाही उम्मेवारका लागि सिफारिसमा पर्नुभएको छ । प्रदेश सभाको समानुपातिक उम्मेदवारमा मिना साउँद, जितबहादुर निसानी, डम्बर नेपाली, हर्कबहादुर साउँद, बिर्मला बुडथापा, जयन्ती बोगटी सिफारिसमा पर्नुभएको छ ।
यस्तै प्रदेशको समानपातिकतर्फ उम्मेदवार बन्नका लागि देवकला चलाउने , केसरी रेग्मी, कृष्णा न्यौपाने, इन्द्र जयगडी र कल्लानसिंह बोगटी रहेका छन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page