पहिराेका कारण साँफे–मार्तडी सडक खण्ड अवरुद्ध

अछाम । लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक खण्डको साँफेबगर नगरपालिका–१३ को बुढाबगरमा ठुलो पहिरोका कारण सडक अवरुद्ध भएको छ । करिब तीन सय मिटर जति सडक भन्दा माथिबाट पहिरो आएपछि आज बेलुकीबाट आवतजावतमा रोक लागेको हो । 

निरन्तर पहिरो खसिरहेकोले बाटो खुलाउन जोखिम भएकोले पहिरोको वारिपारि सवारी साधन रोकिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । पहिरो खस्ने क्रम रोकिएसँगै उज्यालो भएपछि सडक सुचारु गर्ने तयारी भइरहेको भण्डारीको भनाइ छ । 

सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिर जिल्ला जाने र बाजुरा जिल्ला जाने सवारी साधनसँगै यात्रुहरूलाई सास्ती भएको छ । साँफे–मार्तडी सडकमा वर्षाको समयमा पहिरोको कारण सडक अवरुद्ध हुँदै आएको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page