छतबाट खसेर बालिका गम्भीर घाइते, सुर्खेत लिइयो

अछाम । घरको छतबाट खसेर पञ्चदेवल विनायक नगरपालिका-३ विनायककी चार वर्षीया बालिका गम्भीर घाइते भएकी छन् । विनायकका भरत बहादुर शाहीकी चार वर्षीया हिमानी शाही घाइते भएकी हुन् ।

दिउँसो १ बजेतिर घरको छतमा खेलिरहेको अवस्थामा खसेर घाइते भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । टाउको, नाक र कानमा चोट लागेकी हिमानीको जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएपछि एम्बुलेन्सबाट सुर्खेत लिइएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page