मंगलसेनमा आज रथ यात्रा र मट्का फुटाइने

अछाम । अछाम सदरमुकाम मंगलसेनमा आज कृष्ण रथ यात्रा र मट्का फुटाउने प्रतिष्पर्धा हुने भएको छ ।

कृष्णाजन्माष्टिमीको अवसरमा मंगलसेनमा भगवान श्रीकृष्ण जन्मेको उत्सवको रुपमा रथ यात्रा गरिने भएको हो । रथलाई विभिन्न विभिन्न बागाजागा र भजनसँगै मंगलसेन बजारमा र्याली गरिने धर्मेश्वर विकास समाजका सचिव प्रेम प्रसाद ढुंगानाले जानकारी दिनुभयो । कृष्ण रथ यात्रालाई स्थानीय भाषामा डाेल जात्रा भन्ने गरिन्छ । 

कृष्णाजन्माष्टिमीकै अवसरमा हरेक वर्षजस्तै यस वर्षपनि मंगलसेनमा मट्का (घैटो) फुटाउने प्रतिष्पर्धा गरिने भएको छ । मंगलसेन दरबार क्षेत्रमा रहेको अग्लो स्थानमा घैटो झुण्ड्याएर समूह मार्फत उक्त घैटो फुटाउने प्रतिष्पर्धा गरिने भएको हो । मट्का फुटाउनेमा विभिन्न टोलीले रमाइलो प्रतिष्पर्धा गर्ने गर्दछन् । 

कृष्ण रथ यात्रा र मट्का फुटाउने प्रतिष्पर्धा मंगलसेन सहित विभिन्न क्षेत्रका मानिसहरु उक्त मेला हेर्न आउने गरेका छन् । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र अन्य सरकारी, गैरसरकारी लगायतका विभिन्न ठाउँका व्यक्तिहरु उक्त मेला हेर्न आउने गरेका छन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page