बुद्धिजीवी परिषद् मंगलसेन नगरपालिकामा नयाँ नेतृत्व चयन

अछाम । नेपाल बुद्धिजीवी परिषद् मंगलसेन नगरपालिकाको प्रथम अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज मंगलसेनमा सम्पन्न भएको छ । अधिवेशनले टेकबहादुर थ्यायतको अध्यक्षतामा १३ सदस्यीय नगरस्तरीय समिती चयन गरेको छ । समितिको उपाध्यक्ष चन्द्रकला विष्ट, सचिव प्रकाश सोडारी, सहसचिव दानबहादुर बोगटी, रिजन भण्डारी, कोषाध्यक्ष गणेश भण्डारीलगाएतका सदस्य रहेका छन् ।

परिषद्का जिल्ला अध्यक्ष भरत सोडारीको अध्यक्षतामा कार्यक्रममा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य तथा मंगलसेन नगरपालिका प्रमुख पदम बोहरा प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि बोहराले सबैभन्दा बौद्धिक वर्गले सजग सचेत बन्दै देश निर्माणमा भूमिका खेल्न आग्रह गर्नुभयो । बौद्धिक वर्गको सुझाव, सल्लाह जहिलेपनि ग्रहण गरेकाले सहयोगी भुमिका खेल्न आग्रह गरनुभयो ।

कार्यक्रममा एमाले अछामका सचिव भीम बहादुर रावलले बौद्धिक वर्गको जमातले सहि समयमा सहि सुझाव दिन सके उपलब्धि हासिल हुने बताउनु भयो । आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनमा पार्टिलाई बलियो बनाउन बुद्धिजीवी व्यक्तिको भुमिका रहने बताउनु भयो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सरिता उपाध्याय, शिक्षक महासंघ केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष विन्दु रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य नरबहादुर रावल, निजामती कर्मचारी संगठन अछामका अध्यक्ष विष्णुप्रसाद जैसी, शिक्षक संगठन अछाम अध्यक्ष सर्पराज रिमालले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

परिषद्का जिल्ला सदस्य शिवराज ढुंगानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव जनक बटालाले गर्नु भएको थियो ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page