चट्याङ लागेर मेल्लेखमा बाजेनाती घाइते !

अछाम । बर्षासंगै परेको चट्याङ लागेर अछामको मेल्लेख गाउँपालिकामा बाजे र नाती घाइते भएका छन् । घाइते हुनेमा मेल्लेख गाउँपालिका –५ विन्देवासिनी धामी गाउँका ६२ वर्षीय तुले धामी र उहाँका डेढ वर्षीय नाती गणेश धामी रहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
घरभित्र बसिरहेको अवस्थामा चट्याङ लागेका ६२ बर्षे धामीको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते दुवैलाई उपचारका लागि बयालपाटा ल्याइएको छ ।
चट्याङका कारण घरमा समेत क्षति पुगेको छ । क्षतिको विवरण भने एकिन गर्ने काम भइरहेको बताइएको छ ।