५१ हजार नगद सहित आठ जना पक्राउ

अछाम । जुवातास खेलिरहेको अवस्थामा अछामको कमलबजारबाट प्रहरीले आठ जना पक्राउ गरेको छ । कमलबजार नगरपालिका–४ का पदम बहादुर थापा, वडा नम्बर २ का खडक विष्ट, ८ का मनबहादुर चलाउने, १ का नरेन्द्र ढकाल, ३ का विमल विक रहेका छन् ।

सोही स्थानबाट पक्राउ पर्नेमा तुर्माखाँद गाउँपालिका–३ का प्रेम नेपाली, पञ्चदेवल विनायक–५ का जगत बहादुर शाही र बाजुरा बुढीगंगा नगरपालिका–६ का शेर बहादुर विक रहेका छन् । पक्राउ परेका व्यक्तिहरूसँगै ५१ हजार ९७५ रूपैया, नौ वटा मोबाइल र २ गड्डी तास पनि नियन्त्रणमा लिएको छ ।

सामग्री सहित पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालय, मंगलसेन ल्याएर थप अनुसन्धान अघि बढाइएको अछाम प्रहरी प्रमुख प्रहरी नायक उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । गोप्य सूचनाको आधारमा कमलबजार प्रहरीका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दको नेतृत्वले नियन्त्रणमा लिएको अछाम प्रहरीको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page