जन्मदिनको अवसरमा साउँदद्वारा अस्पतालमा फलफूल वितरण
मंगलसेन । सुर्यज्योति लाइफ इन्सुरेन्सका अछाम शाखा प्रमुख गणेश साउँदले आफ्नो जन्मदिनको अवसरमा अस्पतालमा फलफूल वितरण गर्नुभएको छ । जिल्ला अस्पताल मंगलसेनमा पुगेर साउँदले बिरामी, स्वास्थ्यकर्मी र बिरामी कुरूवालाई फलफूल वितरण गर्नुभएको हो ।
जन्मदिनको अवसरमा फलफूल वितरणका क्रममा स्वास्थ्यकर्मी, बिरामी र अन्यले साउँदलाई शुभकामना दिँदै प्रगतिको कामना गरेका छन् । कमाएको केही रकम सामाजिक क्षेत्रमा खर्च गर्नुपर्ने सोचका साथमा आफूले अस्पतालमा फलफूल वितरण गरिएको साउँदले जानकारी दिनुभयो ।
बान्नीगढी जयगढ गाउँपालिका-६ दर्ना निवासी साउँदले यसअघि अक्षयकोष स्थापना लगायतका सामाजिक काम गरिरहनुभएको छ ।