अछाममा अटोरिक्सा दुर्घटना हुँदा दुई घाइते, चालक प्रहरी नियन्त्रणमा

अछाम । विनायकबाट गैरीटाँडतर्फ आउदै गरेको अटोरिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । मंगलसेन नगरपालिका–१२ चिउरी निवासी प्रकाश विक र सोही स्थान निवासी जीवन विक घाइते भएका हुन् । दुवै जना घाइतेको टाउकोमा चोट लागेको र उपचारका लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको अछाम प्रहरीले जानकारी दिएको छ ।

दुर्घटना भएको सु.प.प्र.०१००१ ह. ६२५४ नं. को अटोरिक्साका चालक मंगलसेन नगरपालिका–१२ चिउरीका कमल टमट्टालाई नियन्त्रणमा लिइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो । कमलबजार नगरपालिका–५ कीर्तिपुरस्थित मध्यपहाडी लोकमार्ग सडक खण्ड अन्तरगत अटोरिक्सा दुर्घटना भएको बताइएको छ । अटोरिक्सा सडक नालीमा परेर दुर्घटना भएको अछाम प्रहरीले जानकारी दिएको छ । 

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page