विनोद हत्या आरोपित एक वर्षपछि काठमाण्डाैबाट पक्राउ
काठमाण्डाैं । अछाम पञ्चदेवल विनायक नगरपालिका–४ का स्थानीय विनोद शाहीको हत्याका आरोपित सर्जनबहादुर शाही पक्राउ परेका छन् । शाहीलाई काठमाडौंको धापासीबाट पक्राउ गरिएको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी अंगुर जिसीले जानकारी दिनुभयो ।
यसअघि नै शाहीको हत्या संलग्न रहेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका ६ जना पक्राउ परेका थिए । भने नगरप्रमुख अम्बिका चलाउनेमा मुद्दा नचल्ने जिल्ला सरकारी कार्यालयले निर्णय गरिसकेको छ ।
विनोद जेठ १७ गते बेलुकीबाट बेपत्ता भएका शाहीको शव २१ गते बिहान स्थानीयले फेला पारेका थिए । उनले हत्या भएको भन्दै नगरप्रमुख चलाउने सहित १३ जनाविरुद्ध आफन्तले जाहेरी दर्ता गरेका थिए ।
शाही २०७९ जेठ २१ गते बिहान करिब १० बजे सोही नगरपालिकाको पञ्चदेवल क्याम्पस नजिकको जंगलको खोजमा शव फेला परेको थियो । नेपालप्रेसबाट साभार