Palika dasin suvakamana

करारको पारिश्रमिक नघटाउन कर्मचारी संगठनको माग (विज्ञप्तिसहित)

Palika dasin suvakamana

अछाम । करार कर्मचारी र शिक्षकको तलब घटाउने निर्णय सच्चाउन नेपाल राष्टिय कर्मचारी संगठन (निजामती) ले रामारोशन गाउँपालिकालाई माग गरेको छ । सोमबार एक प्रेस विज्ञप्ति प्रकाशित गरेर खाइपाइ आएको तलब स्केल भारी अंकमा घटाउने अन्यापूर्ण अविवेकी, अदुरदर्शी निर्णयप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

देशमा चरम आर्थिक अवस्था नभएको अवस्थामा खाइपाइ आएको तलब घटाउने निर्णय अन्यायपूर्ण र असोभनिय हुने भएकोले पुरानै तलबस्केल भुक्तानीका लागि माग गरेको हो । संगठनले रामारोशन गाउँपालिकामा आन्दोलनरत करार कर्मचारी र शिक्षकहरुको आन्दोलनमा आफ्नो संगठनको समर्थन रहेको जिल्ला अध्यक्ष झपटबहादुर थापाद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

श्रमजीवी कर्मचारी र शिक्षकको दैनिक जीवनयापन तथा मर्यादामा समेत चोट पुग्ने निर्णयलाई गाउँकार्यपालिकाले निर्णय सच्चाउन भनिएको छ । गाउँकार्यपालिका, आन्दोलनरत करार कर्मचारी र शिक्षक बीचमा समन्वय र सहकार्य गर्न पनि विज्ञप्तिमा माग गरिएको छ ।

खाइपाइ आएको पारिश्रमिक घटाएको भन्दै रामारोशन गाउँपालिकामा करार कर्मचारी आन्दोलनमा रहेका छन् । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले भने करारका कर्मचारी र शिक्षकको तलबका बारेमा कुनै निर्णय नभएकाे बताउँदै आउनुभएकाे छ । 

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page