Palika dasin suvakamana

मंगलसेन नगरपालिकाद्वारा गरिबी निवारणको विवरणमा ताकेता

Palika dasin suvakamana

मंगलसेन । गरिबी निवारण कोष अन्तर्गत यसअघि सञ्चालन भएका सामुदायिक संस्थाहरुको विवरण मागमा मंगलसेन नगरपालिकाले ताकेता गरेको छ । कोषबाट सामुदायिक संस्था गठन गरि रकम परिचालन गर्नेगरी स्थानीय संस्था रामारोशन विकास समाज, फेकोफोन, वाड्स, गंगोत्री ग्रामिण विकास मञ्चलाई नगरपालिकाले विवरणमा ताकेता गरेको छ ।
कोषद्धारा प्रर्वद्धित सामुदायिक संस्थाहरु सञ्चालनको अवस्था, लेखारीक्षण गरे÷नगरेको र संस्थाका सञ्चालकको सम्पर्क नम्बरसहितको विवरणसहित सात दिनभित्र पेश गर्न भनिएको छ । यसअघि एक हप्ताको लागि यस्ता विवरण नगरपालिकाले माग गरेकोमा एक महिनासम्म पनि कुनै संस्थाबाट विवरण नआएको भन्दै पुनः एक हप्ताको समय दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिनुभयो ।
मंगलसेन नगरपालिकामा गाभिएका साविकका गाविसहरुमा सञ्चालन गरिएको गरिबी निवारण कोषबाट चार संस्थाबाट सामुदायिक संस्था गठन भएका थिए । मंगलसेन नगरपालिकामा साविकका मंगलसेन, कुन्तीबण्डाली, जनालीबण्डाली, वस्ती, वलिगाउँ, जुपु, बान्नातोली र कालागाउँ गाविस जोडिएका छन् ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page