Palika dasin suvakamana

तलब घटाएको भन्दै करार कर्मचारीद्वारा रामारोशन गाउँपालिकामा अवरोध

Palika dasin suvakamana

अछाम । खाइपाइ आएको पारिश्रमिक घटाएको भन्दै रामारोशन गाउँपालिकामा करारमा कार्यरत कर्मचारीहरुले गाउँपालिका कार्यालयका काममा अवरोध गरेका छन् । करार कर्मचारीहरुले गाउँकार्यपालिका कार्यालय, वडा कार्यालय, आकस्मिक बाहेकका स्वास्थ्य संस्थामा तोकिएको काम नगरेर अवरोध गरेका हुन् ।
महंगी बढेको बेलामा पारिश्रमिक घटुवा भएर जीवनयापन समेत धान्न नसकिने भएकोले आफूहरु अन्यायमा परेको आन्दोलित करार कर्मचारीको भनाइ छ । तलब घटाउने निर्णय फिर्ता नहुँदासम्म आफ्नो आन्दोलन जारी रहने एकीकृत करार संघर्ष समितिका संयोजक हिरण्ड भण्डारीको भनाइ छ । भण्डारीले भन्नुभयो १८ वर्षदेखि लगातार काम गरिरहेका करारलाई समेत मर्का पर्नेगरी भएको निर्णय फिर्ताको माग गरेका छन् ।
गाउँकार्यपालिकाको बैठकले खाइपाइ आएको तलबमा व्यापक कटौती गरेको भन्दै करारका कर्मचारी आन्दोलित भएको बताएका छन् । तलब बढाउनुको सट्टा खाइपाइ आएकोमा घटाएकोमा करार कर्मचारीले चरणबद्ध आन्दोलन गर्ने भनाइ छ । कार्यालय सहयोगीको १६ हजार पाँचसय, खरिदार र प्रावि शिक्षकको २१ हजार, पाँचौ तह र निमावि तहको २२ हजार र अधिकृतस्तरको २८ हजार कायम गर्ने निर्णय भएको बताइएको छ । पारिश्रमिक घटेपनि शिक्षकहरुले नियुक्ति बुझेर काममा फर्किसकेको बताइएको छ ।
कार्यपालिकाको बैठकमा पहिला करार कर्मचारी हटाउने प्रस्ताव आएपनि अन्तिममा कर्मचारी कायम राखेर पारिश्रमिक कायम गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीको भनाइ छ । “करार कर्मचारीको तलब २०÷२५ प्रतिशत घटाउने निर्णय भएको छ ।” भण्डारीले थप्नुभयो “कर्मचारीको आन्दोलन भएकोमा आवश्यक छलफल गछौं ।” रामारोशन गाउँपालिकामा एकसय भन्दा बढी करार कर्मचारी रहेको बताइएको छ

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page