खोलाले बगाएर बयालाका एक पुरूषको मृत्यु

अछाम । खेतबाट घर फर्किन लाग्दा खोलाले बगाएर आइतबार बेलुकी एक पुरुषको मृत्यु भएको छ । कमलबजार नगरपालिका –३ बयाला निवासी ५० वर्षीय कर्ण कडायतको खोलाले बगाएर मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिनुभयो । 

मुली गाड (ठूलो खोला) ले बगाएर करिब पाँचसय मिटर तल खोलाको बिचमा मृत अवस्थामा भेटिएको अछाम प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक टेकबहादुर देउवाले जानकारी दिनुभयो । 

घटनास्थलको मुचुल्का लगायत कानुनी प्रक्रियाका लागि प्रहरी घटनास्थलमा रहेको बताइएको छ । छोरा भारतमा र श्रीमती नेपालगञ्जमा रहेकोले मृतक एक्लै घर र खेतबारी कुर्दै आएको वडा अध्यक्ष कुँवरको भनाइ छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!