आज खीर खाने दिन

आज साउन १५ अर्थात् खीर खाने दिन । नेपाली समाजमा ‘असार १५ दही चिउरा खानू, साउनको १५ खीर’ भन्ने भनाइ नै छ। कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयाली स्वरूप खीर खाने परम्परा रहेको छ ।

दूधमा चामल हालेर पकाएर तयार गरिने एक खाद्य परिकार हो । हिन्दू धर्मावलम्बीहरु मध्ये धेरैले साउनमा माछा–मासु नखाने भएकाले साउन महिनाभरि खीर खाने पनि कतिपयको चलन छ । त्यसैले साउन १५ लाई विशेष खीर खाने दिन भनेर मनाउने गरिएको कतिपयको भनाइ छ । दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, घ्यु, सुख्खा फल आदिले स्वादिलो र पोषिलो बनाउँछ ।

विभिन्न रोगबाट छुटकारा पाउनका लागि पनि दूधबाट बनेको खीर खाने गरिन्छ। रोग प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खीर खानु स्वास्थ्यकर मानिन्छ । साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गरेर दूधमा बनेको परिकार खाने गर्छन् । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page