प्रहरी जवानद्वारा सुत्केरीलाई रक्तदानः कार्यालयले दियो धन्यवाद

मंगलसेन । सुत्केरीपछि रक्तश्राव भएकी एक महिलालाई प्रहरी जवानले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय अछाममा प्रहरी जवान पदमा कार्यरत गंगाराम जैसीले जिल्ला अस्पताल अछाममा रक्तदान गर्नुभएको हो ।
रक्तश्रावका कारण रगतको कमी भएकी रामारोशन गाउँपालिका–६ भटाकाटियाकी ३५ वर्षीय जोगेनी साउँदलाई रक्तदान गरिएको हो । रक्तदानपछि जिल्ला प्रहरी कार्यालय अछाम परिवारले उपचारको क्रममा रहनुभएकी साउँदलाई शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
रक्तदान गर्ने प्रहरी जवान जैसीलाई कार्यालयले धन्यवाद दिइएको छ ।