ठूलो परिणाममा घरेलु मदिरा बरामद गरी नष्ट

अछाम । अवैध रुपमा उत्पादन गरिएको मदिरा बरामद गरेर नष्ट गरिएको छ । मंगलसेन नगरपालिका–५ को एक घरमा तयार पारिएको १६० लिटर अवैध मदिरा प्रहरीले बरामद गरेर नष्ट गरेको हो ।

शनिबार मंगलसेन प्रहरी चौकीबाट खटिएर गएको प्रहरी टोलीले उक्त मदिरा बरामद गरेर जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयको रोहवरमा नष्ट गरिएको अछाम प्रहरीले जानकारी दिएको छ ।

यस्तै पञ्चदेवल विनायक नगरपालिकामा दुई दिनको अवधिमा ओसारपसार गरिरहेको १५५ लिटर अवैध मदिरा प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सोही नगरपालिकाको वडा नम्बर २ र ३ को कच्ची सडकमा बिहीबार ५० लिटर र शुक्रबार १०५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

इलाका प्रहरी कार्यालय विनायकबाट खटिएको प्रहरी टोलीले उक्त परिणममा अवैध मदिरा बरामद गरेर नष्ट गरेको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page