Palika dasin suvakamana

आगलागी पीडित भण्डारीलाई मंगलसेन नगरपालिकाको राहत

Palika dasin suvakamana

मंगलसेन । आगलागीबाट पीडित मना भण्डारीलाई मंगलसेन नगरपालिकाले राहत प्रदान गरेको छ । मंगलसेन नगरपालिकाले पीडित भण्डारीलाई त्रिपाल, एक जोर ओढ्ने ओछ्याउने, प्रेसरकुकर सहित एक जोर भाँडाकुडा प्रदान गरिएको हो । त्रिपाल, चामल, दाल, मसला, चिनी, चियापत्ती, ब्रस, कोलकेटलगायत सामग्री पीडितको घरमै पुगेर सहयोग गरेको छ । यस्तै डसना, सिरक, तन्ना, सिरानी, प्रेसरकुकर, थाल, लोहोटा, कचौरा, ताप्के, डाडु, पुन्यु, झाडुलगायतका सामग्री सहयोग गरिएको बताइएको छ ।

राहत सामग्री हस्तान्तरमा मंगलसेन नगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा वडा नं –४ का अध्यक्ष नामसिंह धामी, ६ का अध्यक्ष देवेन्द्र भण्डारी, १२ का अध्यक्ष खगेन्द्रबहादुर रावल, १३ का अध्यक्ष हिक्मतबहादुर बोगटी, वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष चक्र साउँद, ५ का कार्यबहाक वडा अध्यक्ष सुरतबहादुर कामीको सहभागिता रहेको थियो । यस्तै राहत हस्तान्तरणमा निमित्त प्रमुख प्रशासकीय अधिकृत चन्द्रप्रसाद ढुंगाना, नायब सुब्बा विष्णुप्रसाद जैसी, विपद् शाखा प्रमुख नरेशबहादुर कठायत, नगरका कर्मचारी र स्थानीयको सहभगिता रहेको थियो ।

“पीडितलाई तत्काल राहत होस् भनेर नगरपालिकाले सहयोग गरेका छौं ।” नगरपालिका विपद् शाखा प्रमुख कठायतको भनाइ छ । नगरपालिकाका वडा अध्यक्षहरु, कर्मचारी र स्थानीयको सहभागितामा हस्तान्तरण गरिएको छ । नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगोलाई नियन्त्रण लिइएको थियो ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page