भीरबाट खसेर मंगलसेनमा एक महिलाको निधन
मंगलसेन । घाँस काट्न गएका बेला भीरबाट खसेर आज बिहान एक महिलाको मृत्यु भएको छ । बिहान करिब ११ बजेतिर मंगलसेन नगरपालिका–३ लाक्षीमना निवासी अन्दाजी ६० वर्षीया उज्जली आउजीको दिउसो मृत्यु भएको हो ।
गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिनुभयो । माथिबाट करिब तीनसय मिटर तल खसेर निधन भएको बताइएको छ । “निकै अप्ठेरो ठाउँमा खसेकी रहेछन्, त्यहाँ त जाने बाटो समेत थिएन, हामीले अर्कै ठाउँबाट गएर लाश ल्याएका छौं ।” बोगटीले भन्नुभयो ।
बिहानकाे खाजा खाएर घाँस काट्न गएकी उज्जली घाँस ल्याएर फर्किने क्रममा भीरबाट खसेर ज्यान गएकाे बताइएकाे छ । अप्ठेरो भीरमा घाँस काट्न जाने र खसेर मृत्यु भएको घटना अछाममा हरेक वर्ष दोहोरिने गरेको छ ।