बैंक कसुर आरोपमा अछाममा एक पक्राउ

अछाम । बैंक कसुर गरेको आरोपमा एक पुरुषलाई अछाम प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पञ्चदेवल विनायक नगरपालिका–८ बरला निवासी डण्डी प्रसाद सञ्ज्याल रहेका छन् ।
आर्थिक कसुरमा प्रहरीले सञ्ज्यालाई मंगलसेन नगरपालिका–५ बाट पक्राउ गरेको हो । पक्राउ परेका सञ्ज्यालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेका अछाम प्रहरीका सूचना अधिकारी जय पार्कीले जानकारी दिनुभयो ।