नक्कली परीक्षार्थीका फरार युवक पक्राउ
अछाम । लोक सेवा आयोगको परीक्षामा नक्कली परीक्षार्थाीका आरोपी फरार एक व्यक्ति पक्राउ परेका छन् । फरार रहेका मेल्लेख गाउँपालिका–३ ठाँटी निवासी २५ वर्षीय मनराज कामीलाई अछाम प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका कामीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइको अछाम प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक जय पार्कीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले कामीलाई घरबाटै पक्राउ गरेर आवश्यक कारबाहीका लागि कञ्चनपुर प्रहरीमा पठाएको पार्कीको भनाइ छ ।
अछाम प्रहरीका अनुसार लोक सेवा आयोग ऐन २०७९ सम्बन्धी कसुर मुद्दामा कञ्चनपुर जिल्ला अदालतले कामीलाई पक्राउ आदेश दिएको थियो । वन रक्षकको परीक्षामा कामी नक्कली परीक्षार्थी रहेको आरोप छ ।