Palika dasin suvakamana

पुष्पलाल स्मृति दिवसः जिल्लाभर वृक्षारोपण

Palika dasin suvakamana

मंगलसेन । नेकपा (एमाले) अछामले कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५  अौं स्मृति दिवसको अवसरमा जिल्लाभर वृक्षारोपण गरेको छ । दिवसको अवसरमा स्थानीय तहमा रहेका सामुदायिक तथा कबुलियति वन भित्र विभिन्न जातका विरूवाहरू रोपण गरेको एमाले अछामका सचिव भीमबहादुर रावलले जानकारी दिनुभयाे । स्मृति दिवसकाे अवसरमा एक सातासम्म पालिकास्तरका कमिटीहरूले आ-आफ्नो पालिकामा वृक्षारोपण तथा रचनात्मक कार्यक्रमहरू गर्ने एमाले सचिव रावलकाे भनाइ छ ।

आईतबार पहिलो दिन मंगलसेन नगरपालिका-६ मा रहेको सुन्दरखाल नजिक रहेको नाचनथली जंगलमा वृक्षारोपण गरेको छ । एमालेका प्रदेश कमिटी सचिवालय सदस्य पदम बहादुर बोहराको नेतृत्वको टोलीले उक्त क्षेत्रमा अमला, रिठ्ठा, तेजपत्ता लगायतका चारसय विरुवा रोपेको छ । दिवसको अवसरमा वृक्षारोपण गरिएका विरूवाको संरक्षणका लागि स्थानीय वडा सरकार र सामुदायिक वन समन्वय गरेर उक्त क्षेत्रमा खुला चरिचरन पुर्णरूपमा बन्द गर्ने र आगालागी हुन नदिनका लागि पार्टीले समन्वय गर्ने बताइएकाे छ । 

यस्तै एमालेकाे साँफेबगर नगर कमिटीकाे अायोजनामा वयलपाटा अस्पतालमा एमालेका पूर्व केन्द्रीय उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीमबहादुर रावलकाे उपस्थितिमा वृक्षारोपणा गरिएको छ । रावलले पुष्पलालको स्मृतिमा वयलपाटा अस्पतालमा वृक्षारोपणकाे शुरूवाती गर्नुभएको थियो । उक्त वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सदस्य देवबहादुर कुँवर, पशुपति कुँवर, एमाले जिल्ला, नगर कमिटीका सदस्यहरू लगायत रहनुभएको खबर प्राप्त भएको छ । यस्तै तुर्माखाँद र चाैरपाटीमा पनि वृक्षारोपण गरिएको खबर प्राप्त भएकाे छ । 

बर्सेनी विभित्र जातका विरूवाहरू रोप्ने तर संरक्षण नहुँदा हराएर जाने समस्या रहेकाले यो समस्याको समाधानका लागि सम्बन्धित वन र स्थानीय वडा सरकारसंग निरन्तर समन्वय गर्ने समेत पार्टीले जनाएको छ । वृक्षारोपण कार्यक्रममा बोल्दै एमाले प्रदेश कमिटी सचिवालय सदस्य बोहराले यस्ता दिवसको अवसरमा एक दिन यस्ता नेताहरूलाई सम्झने तर आफ्नो व्यवहार नसुधार्ने समस्या कम्युनिस्ट नेताहरूमा रहेकाे भनाइ राख्नुभयाे । उहाँले स्वर्गीय पुस्पलालको विचारलाई आत्मसात गर्दै अघि बढेमा उहाप्रतिको सच्चा श्रद्धाञ्जली दिएको अर्थ रहने बताउनुभयो । पछिल्लो समयमा कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरू सबैभन्दा बढी स्वार्थी र अवसरवादी भएकाले सच्चिन आवश्यक रहेको भनाइ छ ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सचिवालय सदस्य भीम जनाला, पार्टीका जिल्ला सचिवालय सदस्य सरिता उपाध्याय , जिल्ला कमिटी सदस्य नरेश कुमार शाही, झंकर प्रसाद भाट, लक्ष्मी बोगटी, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम सहइन्चार्ज शिवराज ढुंगाना, कार्यालय सचिव पुस्प कठायत, मायादेवी बुढा, दुर्गाप्रसाद भण्डारी, पुस्पराज भण्डारी, वडा न ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी , वडा न ७ का अध्यक्ष राज बहादुर शाही लगायतको सहभागीता रहेको थियोे ।

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page