Palika dasin suvakamana

मंगलसेन नगरपालिकाद्वारा तरकारी र फलफुल जफत

Palika dasin suvakamana

अछाम । मंगलसेन नगरपालिकाले मंगलसेन बजारबाट पुनः तरकारी तथा फलफुल जफत गरेको छ । नगरपालिकाले यस भन्दा अघि बजार क्षेत्रभित्र तरकारी तथा फलफुलको कारोबार नगर्न पटक पटक अनुरोध गरेपनि अटेर गरेर तरकारी तथा फलफुल बिक्रीवितरण गरिरहेका व्यापारीहरुको सामान जफत गरेको हो ।

मंगलसेनको बैरागी धारा देखी क्याम्पस सम्मका पसलमा राखिएको फलफुल तथा तरकारी जफत गरि लिलामिको प्रकृया समेत अगाडी बढाईएको नगरपालिकाका सूचना अधिकारी विष्णुप्रसाद जैसीले जानकारी दिनुभयो । नगरपालिकाले एक सूचना जारी गर्दै सोमबार विहान ११ बजेदेखि दिउँसो १ बजेसम्म फलफुल तथा तरकारी लिन चाहनेले नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको नगरपालिकाका स्टोर शाखा प्रमुख नरेश बहादुर कठायतले जानकारी दिनुभएको छ । यसभन्दा अघिपनि धेरैपटक सामान जफत गरेपनि केही व्यापारीहरुले अटेर गरेर नगरपालिकालाई चुनौती दिदैँ बीच बजारमै तरकारी र फलफुलको कारोबार गरिरहेकाले सामग्री जफत गरिएको नगरपालिकाले जानकारी दिएको छ । यसपछि पनि यस्तो गल्ती दोहो¥याएमा पसल नै सिल गरिने नगरपालिकाले चेतावनी दिएको छ ।

स्थानीय सरकारको निर्णय नमान्ने जोकोहीलाई पनि नगरपालिकाले नछोड्ने मंगलसेन नगरपालिका- ५ का अध्यक्ष झंकरप्रसाद भाटले बताउनुभयो । असोज महिनाभित्र नगरपालिकामा नगर प्रहरी भर्ना गरि बजार क्षेत्रको सरसफाई, नाली व्यवस्थापन र अन्य कार्यलाई थप तीव्रत दिइने वडा अध्यक्ष भाटको भनाई छ । मंगलसेन बजारमा अहिले पनि केही व्यापारीहरुले अटेर गरेर बीच बजारमै फलफुल वितरण गर्ने, टिनका टहरा नहटाउने, बजार क्षेत्रमा जथाभावी फोहोर फाल्ने जस्ता कार्यहरु गरिरहेकाले त्यस्ता व्यापारीहरुका विरुद्ध नगरपालिका थप कडा हुने अध्यक्ष भाटकाे भनाइ छ । 

मंगलसेन बजार सुन्दर बनाउने जिम्मेवारी हरेक व्यापारी तथा नागरिकको भएकाले नगरपालिकाले सुरु गरेको अभियानमा साथ दिन समेत उहाँले आग्रह गर्नुभएको छ । यता मंगलसेनका व्यापारीहरुले बजार क्षेत्रको नाली व्यवस्थापन हुनुपर्ने, नगरपालिकाले फोहोर बोक्ने टिप्पर नियमित बजार क्षेत्रमा पठाउनुपर्ने, कृषि हाटबजारको दररेट एकनास हुनुपर्ने र सबैलाई समान कानुन लागु गर्नुपर्ने माग गरेका छन् । स्थानीय सरकारको निर्णय मान्ने तर व्यापारीहरुका मागप्रति पनि स्थानीय सरकार जिम्मेवार हुनुपर्ने व्यापारीहरुको माग छ । केही महिना अघि मंगलसेनमा प्रमुखले एक व्यपाारीकाे टमाटर लगायतका तरकारी मिल्काएकाे भन्दै देशभर चर्चा भएको थियो । 

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page