एसईई ग्रेडवृद्दि परीक्षा केन्द्र तोकिएः अछामबाट तीन हजार पाँचसय बढी सहभागी हुँदै
अछाम । माद्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाका लागि अछाममा आठ परीक्षा केन्द्र तोकिएका छन् । दश मध्ये छ स्थानीय तह समेटिने गरेर शिक्षा विकास तथा समन्वय इकाइ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा शाखा प्रमुख सुरेन्द्र बजगाईले जानकारी दिनुभयो ।
मंगलसेन नगरपालिकाका षोडशा मावि र राधा मावि, साँफेबगर नगरपालिकाको जनकल्याण मावि र सुर्यचन्द्र मावि, कमलबजार नगरपालिकाको जाल्पादेवी माविमा परीक्षा केन्द्र तोकिएको छ । यस्तै पञ्चदेवल विनायक नगरपालिकाको विद्यामन्दिर मावि, रामारोशन गाउँपालिकाको नेपाल राष्ट्रिय मावि, तुर्माखाँद गाउँपालिकाको कालिकेश्वरी माविमा ग्रेडवृद्धि परीक्षा केन्द्र तोकिएको छ । मेल्लेख, चाैरपाटी, ढकारी र बान्नीगढी जयगढ गाउँपालिकामा भने यस पटक परीक्षा केन्द्र तोकिएको छैन ।
षोडशा माविमा ११ विद्यालयका ४२१ जना, राधा माविमा नौ विद्यालयमा ३४४ जनाको ग्रेडवृद्धि परीक्षा केन्द्र तोकिएको छ । यस्तै जाल्पादेवी मावि परीक्षा केन्द्रमा १३ विद्यालयका ४०७ जना, विद्यामन्दिरमा १२ विद्यालयका ४७८, रामारोशनमा ११ विद्यालयका ३९२ जना परीक्षार्थी तोकिएको छ । यस्तै जनकल्याण माविमा १६ विद्यालयका ५२४ जना र सुर्यचन्द्र परीक्षा केन्द्रमा १४ विद्यालयका ५५० विद्यार्थीको परीक्षा केन्द्र रहेको छ ।
अछामबाट यस पटकको एसईई ग्रेडवृद्धि परीक्षामा तीन हजार ५३० जना परीक्षार्थी सहभागी हुनेछन् । ग्रेडवृद्धि परीक्षा सञ्चालनका लागि आवश्यक काम भइरहेको परीक्षा शाखा प्रमुख बजगाईको भनाइ छ । ग्रेडवृद्धि परीक्षा यही साउन २३ गतेबाट ३१ गतेसम्म सञ्चालन गरिने यसअघि नै तोकिएको छ ।
कुन विद्यालयको कहाँ परीक्षा केन्द्र छ ? हेर्नुहोस् ।