खप्तडमा एक पुरुष मृत फेला

अछाम । खप्तडमा मंगलबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् । साँफेबगर नगरपालिका–१४ नरिसरा ठुलो ढुङ्गास्थित खप्तड राष्ट्रिय निकुञ्जको जंगल भित्र ४५/५० को पुरुषको शव भेटिएको अछाम प्रहरीले जानकारी दिएको हो ।
वेवारिसे शवको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सहितको टोली खटाइएको बताइएको छ । राष्ट्रिय निकुञ्ज सुरक्षार्थ रहेको नेपाली सेनाको गस्ती टोलीले शव फेला पारेपछि अछाम प्रहरीलाई जानकारी गराइएको हो ।