ढुंगा लागेर अछाममा एक महिलाको मृत्यु

अछाम । बाख्रा चराउन गएकी एक महिलाको ढुंगा लागेर मृत्युु भएको छ । मंगलबार मंगलसेन नगरपालिका-३ लाक्षीमना निवासी ३५ वर्षीय वसन्ती बोगटीको मृत्यु भएको हो ।

सोही वडाको गाध्य भन्ने भीरमा बाख्रा चराएर फर्कने क्रममा माथिबाट आएको ढुंगा टाउकोमा लागेर घटनास्थलमै मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । मृतकको पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन ल्याइएको छ ।

घटनास्थल मंगलसेन-सुवाखाँद-वस्ती सडक खण्ड नजिक रहेको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page