एमाले अध्यक्ष ओली कम्बोडिया जाने

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको निर्वाचन पर्यवेक्षणमा भाग लिन मंगलबार विदेश जाने भएका छन् । अध्यक्ष ओलीले शनिबार बसेको सचिवालय बैठकमा आफ्नो विदेश भ्रमणको बारेमा जानकारी दिएको पार्टी उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकपछि जानकारी दिए ।

ओलीले कम्बोडिया भ्रमणका क्रममा राजनीतिक भेटवार्ताको साथै त्यहाँको निर्वाचनको पर्यवेक्षण पनि गर्ने ज्ञवालीले जानकारी दिए । ओलीले मंगलबार विदेश भ्रमणमा जाने भएपछि शनिबारका लागि आकस्मिक रूपमा सचिवालय बैठक बोलाएका थिए

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page