एमालेले साउन १५ सम्म सदस्यता प्रमाणित गर्ने

काठमाडौं, ३० असार । नेकपा एमालेले आगामी सान १५ गतेभित्र पार्टी सदस्यता नवीकरणको विवरण प्रमाणीकरण गरिसक्ने भएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज बसेको नेकपा एमालेको २३औँ सचिवालय बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही असार मसान्त (भोलि) सम्म भएकाले साउन १५ गतेभित्र सबै विवरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने निर्णय गरेको हो ।

पार्टीको वार्षिक कार्ययोजना अन्तर पार्टी निर्देशन (अपानि–७) अनुसार नयाँ निर्णय भएका सदस्य, नवीकृत सदस्य र नयाँ सदस्यसहित सम्पूर्ण सदस्यहरुको विवरण प्रदेशमार्फत् असार मसान्तसम्म केन्द्रीय संगठन विभागमा पठाउने कार्ययोजना छ । संगठन विभागले यथाशीघ्र सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था छ ।

बैठकले पार्टीको बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको र अन्य केहि नेताहरुको जिम्मेवारी हेरफेर गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनका अनुसार साउन २ देखि ६ गतेसम्म पार्टी अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियाको भ्रमण गर्ने तय भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page