विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण

शिवराज ढुंगाना, अछाम । विपद्जन्य घटनाको न्यूनिकरण, राहत उद्धारका कामलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कार्यालय अछामले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेको छ । विपद् पूर्व र विपद्पश्चात गरिने कामको कार्ययोजना, विषयगत क्षेत्र निर्धारण सामग्री र बजेट सहितको योजना तयार पारिएको छ ।
योजनामा विपद् जोखिमको यसअघिको अवस्था, नीतिगत तथा कानुनी व्यवस्था, प्रकोपका प्राथमिकता, सम्भावित प्रकोपको नक्साङ्कन, संकटनासन्नता र क्षमताको विश्लेषण गरिएको छ । यस्तै विषयगत क्षेत्र निर्धारण, श्रोतसधानको आँकलन, सरकोकारवालासँगको समन्वय र आर्थिक श्रोतको पहिचान, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणका विषयहरु समेटिएका छन् ।
विपद् विरुद्धको योजनामा सातवटा क्षेत्रगत जिम्मेवारी, मापदण्ड, न्यूनतम सुचकलगायत राखेर योजना तयार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम न्यौपानेले जानकारी दिनुभयो । योजनामा आपत्कालिन सञ्चार, खोज तथा उद्धार क्षेत्र, स्वास्थ्य र पोषण क्षेत्र, खाद्य, सुरक्षा कृषि तथा वन क्षेत्र, आपत्कालिन शिविर व्यवस्थापन, तथा संरक्षण क्षेत्र रहेका छन् । यस्तै आपत्कालिन शिक्षा, खानेपानी, सरसफाई तथा स्वास्थ्य प्रवद्र्धन क्षेत्र र शिघ्र पुर्नलाभ तथा गैरखाद्य क्षेत्रमा विभाजन गरिएको छ । क्षेत्रगत सदस्य र सम्पर्क नम्बर, जिम्मेवार निकाय, सहयोगीहरु, अनुमानित लागत लगायतका विवरण योजनामा राखिएको छ ।
जिल्लाका दश स्थानीय तहमा बाढीपहिरो, आगलागी, असिनापानी, हुरीवतास, भुकम्प, चट्याङ्ग खडेरीलाई विपद्को रुपमा लिइएको छ । सोही अनुसार स्थानीय तहमा जोखिको अवस्था समेत निर्धारण गरेको गरिएको छ । “पूर्वतयारीका काम, रिस्क जोन पहिचान, बन्दोबस्तीका सामग्रीको उपलब्धता योजनामा छन् ।” प्रजिअ न्यौपानेको भनाइ छ । योजनालाई जिल्ला विपद् व्यवस्थापन समितिले समेत स्वीकार गरिसकेको बताइएको छ ।
जिल्लाका दश स्थानीय तह मध्ये हालसम्म मंगलसेन, कमलबजार, पञ्चदेवल विनायक नगरपालिका र तुर्माखाँद गाउँपालिकाले मात्र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएका छन् । बाँकी रहेका स्थानीय तहमा पनि पूर्वतयारी तथा प्रतिकार्य योजना बनाउन सुझाव दिइएको प्रजिअ न्यौपानेले भन्नुभयो । अछाममा हरेक वर्ष विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरिँदै आएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page