पहिरोले दुई बस त्रिशुलीमा खसे, ६० भन्दा बढी यात्रु वेपत्ताको आशंका

पहिरोले बगाएपछि यात्रुवाहक दुइ बस त्रिशुली नदीमा खसेर ६० भन्दा बढी यात्रु वेपत्ता भएका छन् । चितवन प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी वीरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन् ।
वीरगञ्ज आएको गाडीमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार रहेको जानकारी प्राप्त भएको छ । यात्रुको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ ।
उक्त स्थानमा सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट बाट ३५ जना र बिपद ब्यबस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २० जना परिचालन भएका छन् । साथै अहिले मुग्लिन नारायणगढ सडक अवरुद्ध रहेको जानकारी प्रहरीले जानकारी दिएको छ ।