घाँस काट्न गएकी बालिकाको ढुंगा लागेर मृत्यु

मंगलसेन । घाँस काट्न गएकी बालिकाको ढुंगा लागेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिका–१ सिउडी निवासी १५ वर्षीया अमृता साउँदको मंगलबार बेलुकी मृत्यु भएको हो ।
वडामै रहेको देवल्छडा सामुदायिक वनमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगा टाउकोमा लागेर मृत्यु भएको वडा अध्यक्ष वीरबहादुर थापाले जानकारी दिनुभयो ।
मृतक साउँद बिहान कक्षा ८ को त्रैमासिक परीक्षा दिएर घरबाट खाना खाएर बेलुकी घाँस काट्न गएकी थिइन् । साउँद स्थानीय सिउडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेकी थिइन् ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page