जोखिमयुक्त बासिन्दाले उच्च सतर्कता अपनाउन अछाम प्रशासनको आग्रह

अछाम । बाढी तथा पहिरोको उच्च जोखिम रहेको भन्दै जोखिमयुक्त क्षेत्रका बासिन्दाले उच्च सतर्कता अपाउन जिल्ला प्रशासन कार्यालय, अछामले आग्रह गरेको छ । जोखिमयुक्त क्षेत्र र तटीय क्षेत्रमा बसोवास गर्ने मानिसहरुले मनसुन अवधिभर सचेत रहन प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालको हस्ताक्षरित अनुरोध पत्रमा उल्लेख छ ।

दुई दिनदेखिको निरन्तर वर्षाको कारण अछामका नदी र खोलाहरुमा पानीको मात्रा बढेको उल्लेख गरिएको छ । वर्षाको कारणबाट कर्णाली, बुढीगङ्गा, कैलाशखोला लगायतका नदीखोलाहरुमा जलसतह बढेको बताइएको छ । विपद्जन्य कुनै घटना भएमा कार्यालयले नजिकैको प्रहरी इकाइ तथा जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन भनिएको छ । विपद्जन्य घटना भएमा कार्यालयले ९७६२४७९३३४, ९८५८४८८०७० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

अविरल वर्षाकै कारण साँफे–मार्तडी सडक खण्डको साँफेबगर नगरपालिका–१३ को बुढाबगर र टाँसी बजार क्षेत्रमा पहिरो गई सडक अवरुद्ध भएकोमा स्थानीय तह र सडक डिभिजन कार्यालयको सहयोगमा केही घण्टाभित्रै अवरोध हटाइएको प्रजिअ लम्सालको भनाइ छ । जिल्लाका केही शाखा र भित्री ग्रामीण सडकका केही स्थानमा पहिरोले सडकहरु अवरुद्ध रहेको र हटाउने कार्य भइरहेको कार्यालयको भनाइ छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page